Logo
१६ बैशाख २०८१, आईतबार
(January 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने CIB को तयारी

अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले मधेश प्रदेश स्थित जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।

ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।

जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।

गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए ।

प्रकाशित मिति: Jan 10, 2024

प्रतिक्रिया दिनुहोस्