Logo
२३ बैशाख २०८१, आईतबार
(January 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव हारेकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको बताएका छन्।

चुनाव हारेकाहरू राष्ट्रिय सभा उम्मेदवार भएकोमा लामिछानेले आपत्ति पनि जनाएका छन्।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार गरेको बताए।

उनले राज्यका सबै जिम्मेवार निकायमा मेरिटका आधारमा चयन गरिनुपर्ने बताए। संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी भएको पनि बताएका थिए।

उनले व्यवस्थालाई थिलथिलो बनाउने काम भएको पनि बताए।

प्रकाशित मिति: Jan 9, 2024

प्रतिक्रिया दिनुहोस्