Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकर बीच सिंहदरबारमा भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेका छन्। प्रचण्ड र एस.जयशंकरबीच अहिले भेटवार्ता भइरहेको छ।

जयशंकर बिहीबार नेपाल आएका हुन्। उनले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू आजै सक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

विदेशमन्त्री जयशंकरले बिहीबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

आजै दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

जयशंकरले शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपतिनाथ जाने भनेका छन् ।

दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने दूतावासले जनाएको छ।

प्रकाशित मिति: Jan 4, 2024

प्रतिक्रिया दिनुहोस्