Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेटिङ्गमा टाइट गरेपछि विमानलस्थल अध्यागमनका कर्मचारीद्वारा सेवा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोकेका छन् । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए ।

कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा परेका थिए ।

करिब तीन साता अघि अध्यागमन अधिकृत नुरबीर खड्का सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाउने गिरोहसँगको संलग्नताको आरोप पक्राउ परेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेपछि नै कर्मचारीहरु असन्तुष्ट थिए । त्यसपछि उनीहरुले असल मनसायले गरेको काममा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्दै आएका थिए ।

विमानस्थल अध्यागमन कार्यालयका उपसचिव झंकनाथ ढकालले असल मनसायले गरेको काममा अपराधी सरह व्यवहार भएको भन्दै कर्मचारीहरुले ज्ञापन पत्र दिएको र यस्तै अवस्थामा काम गर्न नसक्ने कुरा उल्लेख गरेको बताए ।

 

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्