Logo
१६ बैशाख २०८१, आईतबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाउपाको पहिलो महाधिवेशनको उदघाटन प्रचण्डले गर्ने, भाजपाका नेता पनि उपस्थित रहने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा) का नेतालाई समेत सहभागी गराउने नाउपाको तयारी छ ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले यही पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको जानकारी दिए ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको संरक्षक चौधरीले बताए ।

उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको समेत सहभागिता रहनेछ । महाधिवेशनको उदघाटन भने प्रधानमन्त्री प्रचण्डले गर्ने चौधरीको भनाइ छ ।

महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताए ।

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्