Logo
१६ बैशाख २०८१, आईतबार
(January 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धोती दिवस मनाउँदा पक्राउ परेका डा. राउतसहित सबै रिहा, गृहमन्त्रीद्वारा गल्ती स्वीकार

धोती दिवस मनाउँदा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित सबै नेता कार्यकर्ता रिहा भएका छन् ।

पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमीकमजोरी भएको स्वीकार्दै पक्राउ परेकाहरुलाई रिहा गर्न आदेश दिएका थिए ।

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार गृहमन्त्री आफै पुलिस क्लबमा पुगी कमीकमजोरी भएको स्वीकार गरे र पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दिए ।

निषेधित क्षेत्रमा कार्यक्रम गरिएको भन्दै प्रहरीले जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Jan 1, 2024

प्रतिक्रिया दिनुहोस्