Logo
२४ बैशाख २०८१, सोमबार
(December 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकारमाथि हस्क्षेप गरेको भन्दै संघीय सरकार विरुद्ध सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा भेला

संघीय सरकारले अधिकारमाथि हस्क्षेप गरेको आरोप लगाउँदै संघर्षमा उत्रिएका सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडामा भेला भएका छन् ।

बिहीबारबाट सुरु भएको अन्तरप्रदेश मन्त्रिपरिषद्को भेलामा सहभागी हुन उनीहरु बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएका हुन् ।

हेटौंडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने बताएका छन् । यसअघि मुख्यमन्त्रीहरुको भेला गण्डकी प्रदेशको राजधानी पोखरामा गत चैतमा सम्पन्न भएको थियो ।

पछिल्लो समय संघीय सरकारविरुद्ध सातै प्रदेशका सरकारहरु आन्दोलित बनिरहेका छन् । उनीहरुले संविधानले व्यवस्था गरेका अधिकारहरु केन्द्र सरकारले नदिएको गुनासो गर्दै आएका छन् ।

हेटौंडा भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरु क्रमश कोशीका केदार कार्की, मधेशबाट सरोजकुमार यादव, बागमतीका शालिकराम जम्मकट्टेल, गण्डकीका सुरेन्द्रराज आचार्य, लुम्बिनीका डिल्लीराम चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदूरपश्चिमबाट कमलबहादुर शाह जम्मा भएका छन् ।

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता विषयमा दबाब दिने उद्देश्यले मुख्यमन्त्रीहरू भेला भएका हुन् ।

प्रकाशित मिति: Dec 29, 2023

प्रतिक्रिया दिनुहोस्