Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका पुराना नेता एंव पुर्व पालिका अध्यक्ष ७८ वर्षीय लालीप्रसाद मेहताको निधन

कोशी प्रदेश स्थित सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको निधन भएको छ ।

देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका ७८ वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

उनकी जेठी बुहारीका अनुसार मेहतलाई हृदयघातपछि हिजो (सोमबार) अस्पताल भर्ना गरिएको थियो ।

पञ्चायतकालमा उपप्रधानपञ्च भएका लालिप्रसाद बहुदल आएपछि मध्यहर्षाही गाविसका पटक-पटक अध्यक्ष भएका थिए ।

संघीयता पछि २०७४ मा उनी देवानगंज गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । नेपाली कांग्रेसमा हाल उनी केन्द्रीय महाधिवेशन प्रतिनिधि थिए ।

सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस जोगाउन मेहताले सशक्त भूमिका खेलेका उनका निकटहरु बताउँछन् ।

मधेशी आन्दोलनको समयमा धेरै नेता कार्यकर्ता मधेसवादी पार्टीहरुमा जाँदा मेहता भने कांग्रेसमै रहेका थिए । मेहताको निधनपछि सुनसरी कांग्रेसलाई ठूलो क्षति पुगेको नेता राजिव कोइरालाले बताए ।

यद्यपि लोकतान्त्रिक फोरम मार्फत स्थानीय श्यामलाल मेहता कांग्रेसमा आएपछि दक्षिणीभेग कांग्रेसमा राजनीतिक द्वन्द्व सुरु भएको थियोे ।

गत स्थानीय निर्वाचनमा श्यामलालले उनको नाम नै सिफारिस हुन दिएका थिएन भने फलस्वरूप उक्त पक्षको असहयोग पछि देवानगंजमा कांग्रेसले प्यानल हार ब्यहोर्नु परेको थियो ।।

 

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्