Logo
१९ बैशाख २०८१, बुधबार
(September 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार १८.६० अंकले घट्यो

नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।

पछिल्ला केही दिनयता नीतिगत कुरारुले सेयर बजारमा निकै छिटोछिटो उचारचढाव ल्याइरहेको छ । विशेषगरी सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा राष्ट्र बैंकले लिन सक्ने निर्णयका बारेमा बजारमा विभिन्न आँकलनहरु भइरहनु र त्यसलाई आधार मानेर बजार हल्ला चल्दा सेयर बजार पनि प्रत्यक्ष प्रभावित हुन थालेको हो ।

केही दिनअघि मात्र अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने सहमति भएको खबर सार्वजनिक भयो । यसमा गभर्नरले पनि ग्रीन सिग्नल दिएका थिए । सोही खबरलाई आधार मानेर बजारमा केही सुधार पनि भयो । तर केन्द्रीय बैंकले अहिलेसम्म यसमा आधिकारिकरुपमा केही पनि नीतिगत निर्र्णय गरेको छैन ।

यस दिन २८२ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति: Sep 27, 2023

प्रतिक्रिया दिनुहोस्