Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठ महिनाको अवधिमा ६ लाख पर्यटक नेपाल भित्रिए

सन् २०२३ को सुरुवात जनवरिदेखि अगष्टसम्म अर्थात आठ महिनाको अवधिमा ६ लाख एक हजार ३६३ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए ।

२०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए । यस फेब्रुअरी महिनामा ७३ हजार २५६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

यस अवधिमा पर्यटक बढी आउने मुलुकमध्ये पहिलो स्थानमा भारत रहेको छ । जहाँबाट ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक नेपाल आउँदा बेलायतबाट पाँच हजार चार सय नौ जना पर्यटक नेपाल आएका छन् ।

पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित मिति: Sep 3, 2023

प्रतिक्रिया दिनुहोस्