Logo
२३ बैशाख २०८१, आईतबार
(August 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

मलेसियाविरुद्धको खेलमा टस हारेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिको खेलमा चार दशमलव चार ओभर खेल्दै एक विकेटको क्षतिमा २३ रन बनाएको छ । नेपालले पहिलो ओभरको पाँचौँ बलमा पूजा महतोको रुपमा पहिलो विकेट गुमाएको छ । इन्दु बर्मा र काजल श्रेष्ठ खेल्दै गरेको अवस्थामा वर्षाका कारण खेल रोकिएको छ ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

प्रकाशित मिति: Aug 25, 2023

प्रतिक्रिया दिनुहोस्