Logo
२३ बैशाख २०८१, आईतबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार सातौं खेलमा मेसीको गोल, इन्टर मियामी च्याम्पियन

लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ ।

आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

टेन्नेसेस्थित गोएडिस पार्कमा भएको फाइनलमा इन्टर मियामीले नासभिललाई सुटबउटमा १०-९ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।

कप्तान मेसीले २३औं मिनेटमा सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे ।

नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा उनले गोल गरे ।

लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।

उनले चार खेलमा एक/एक र तीन खेलमा समान दुई/दुई गोल गरेका थिए ।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्