Logo
१६ बैशाख २०८१, आईतबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलाको उद्घाटन समारोहमा भाग लिन उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन् । सातौं चीन-दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गरेका हुन् ।

उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुगेका थिए । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्