Logo
१६ बैशाख २०८१, आईतबार
(August 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली श्रमिकसँग कतारमा मानवअधिकार आयोगको छलफल

कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।

मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कतार सरकारद्वारा जारी भएको नयाँ कानुनको बारेमा पनि श्रमिकलाई जानकारी दिने उद्देश्यले महत्त्वपूर्ण कार्यक्रम गरेको हो । श्रमिक कामदारहरुलाई कम्पनीको शोषणबाट मुक्त रहनको लागी कतारको नयाँ कानुन १७/२०२१ / २०२३ को बारेमा श्रमिकहरुलाई जानकारी दिएको हो ।

कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ ।

कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी, उपकरण, सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ ।

गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ ।

कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ।

श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ ।

कानुनी बिभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आयोगको यस प्रकारको भूमिकाको प्रसंशा गर्दै र बिगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्न जोड दिनु भएको थियोे ।

यसैगरी राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूत हरुलाई समेत निमन्त्रणा गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिनुभयो । प्रोफेसर अलिले कतारमा कार्यरत नेपालीहरुलाई कुनैपनि किसिमका समस्या परेमा राष्ट्रिय मानव अधिकार कतार नेपाली डेस्कलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमका सहभागीहरुलाई आयोगको तर्फबाट आफ्नो अधिकार बारे सचेत रहने र सो बारे जानकारी उपलब्ध गराउने बुकलेट तथा अन्य लाभदायक सामाग्री प्रदान गरिएको थियोे ।

कार्यक्रममा आयोगका महासचीव महामहिम सुल्तान अल जमालीको प्रमुख आथित्यमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: Aug 10, 2023

प्रतिक्रिया दिनुहोस्