Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्ड

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको खेलमा आर्सनल पेनाल्टी सुटआउटमा ४–१ गोलले विजयी भएको हो ।

निकै निरस बनेको खेलको ७७ औँ मिनेटमा कोली पाल्मरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटी जीततर्फ अघि बढिरहँदा इन्जुरी समयको १०१ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले आर्सनलका लागि बराबरी गोल फर्काए ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जसमा केभिन डी ब्रयेनाको प्रहार क्रसबारमा लाग्यो भने रोड्रीको प्रहार गोलकिपरले बचाऊ गरे । त्यसपछि फाबियो भिएराले गोल गर्दै आर्सनलका लागि उपाधि सुनिश्चित गरे ।

गत सिजन आर्सनल २४८ दिनसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहेर पनि अन्त्यतिर लिग गुमाउनु पुगेको थियो । सिटीले आर्सनललाई उछिन्दै लिगसहित च्याम्पियन्स लिग र एफए कप जित्दै ट्रेबल पुरा गरेको थियो ।

सिटीले पछिल्ला तीन कम्युनिटी शिल्डको उपाधि गुमाएको छ । यद्यपि, ती सबै सिजनमा उसले प्रिमियर लिगको उपाधि जितेको छ ।

प्रकाशित मिति: Aug 7, 2023

प्रतिक्रिया दिनुहोस्