Logo
६ जेष्ठ २०८१, आईतबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगीका कारण धरानमा ८ जनाको मृत्यु : निःशुल्क परीक्षण र उपचार शिविर सञ्चालन

कोशी प्रदेश स्थित सुनसरीको धरान उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा सर्वसाधारण नागरिकका लागि डेंगीको निःशुल्क परीक्षण र उपचार शिविर सञ्चालन गरेको छ ।

सोमबारदेखि सभागृह परिसरमा डेंगी परीक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए ।

‘शिविरमा नागरिकले निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेछन्, साथै रिपोर्ट र लक्षणअनुसारको औषधिसमेत दिंदै आएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सारै भएका बिरामीका लागि बेडसमेतको व्यवस्था गरेर उपचार पनि गर्ने तयारी छ ।’

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा समेत परीक्षणको व्यवस्था गरिएको छ । धरान वडा नं. १४ ले वडावासीका लागि निःशुल्क उपचार शिविर सञ्चालन गरिरहेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

धरानमा डेंगी प्रकोपका रुपमा फैलिएको छ । डेंगीका कारण धरानमा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा २ हजार ३ सय ५३ जनामा डेंगी पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगीको सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्