Logo
६ जेष्ठ २०८१, आईतबार
(July 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करीको थप सुन खोज्न राजस्व र सशस्त्र प्रहरीको पाँच टोली परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।

क्याथे प्यासेफिकको उडानमार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । राजस्व अनुसन्धान विभागले सो सुनको ‘कनेक्सन’ खोजिरहेको छ । सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ६ जनाको बयानका आधारमा काठमाडौँ उपत्यकामा अहिले ‘अपरेसन’ चलाइएको छ ।

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले त्यस्तो अपरेसन चलाएका हुन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको नेतृत्वमा सशस्त्र प्रहरीका डिएसपी प्रदीपराई अपरेसनमा सहभागी छन् । सुन ल्याउने समूहले काठमाडौँका विभिन्न ठाउँमा थप सुन लुकाएको सूचनाका आधारमा ५ वटा टिम परिचालन गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘अहिले ५ वटा टोली बनाएर अपरेसन भइरहेको छ, अझै थप सुन बरामद हुने सम्भावना छ ।’

सुन ओसारपसारमा संलग्न आरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतीय नागरिक थाप्तेन छिरिङ छन् । अरु दुई जनाको नाम विभागले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: Jul 20, 2023

प्रतिक्रिया दिनुहोस्