Logo
५ जेष्ठ २०८१, शनिबार
(July 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई फाउन्डेसनको सहयोग

बीपी कोइराला इन्डो—नेपाल फाउन्डेसनले आगामी दिनमा पनि नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फाउन्डेसनले यसअघि पनि सुस्तश्रवणहरुको नेपाली क्रिकेट टोलीलाई सहयोग गर्दै आएको छ ।

नेपालले सुस्तश्रवणहरुको तीन राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागिता जनाउँदा पनि फाउन्डेसनले आवश्यक सहयोग गरेको थियो । तीन राष्ट्र सम्मिलित उक्त प्रतियोगिता गत अप्रिल २८ देखि मे ६ तारिखसम्म भारतको कोलकातामा आयोजना भएको थियो ।

सुस्तश्रवणहरुको भारतीय क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउन फाउन्डेसनले सुस्तश्रवणहरुको नेपाल क्रिकेट सङ्घलाई आर्थिक सहयोग पनि गरेको थियो ।

उक्त प्रतियोगितामा नेपाली टोलीको सहभागिता, खेलकुद सामाग्री, तयारी, यातायात खर्चलगायतको विषयमा फाउन्डेसनले सहयोग गरेको थियो । यसका अतिरिक्त फाउन्डेसनले सुस्तश्रवण भएको व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन र त्यस विषयमा जनचेतना फैलाउन पनि फाउन्डेसनले सङ्घसँग हातेमालो गर्दै आएको छ ।

यसैक्रममा गत शुक्रबार सुस्तश्रवण भएका क्रिकेट खेलाडीहरूको सम्मानमा अभिनन्दन कार्यक्रममा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फाउन्डेसनले सङ्घलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सन् १९९१ मा स्थापना भएको फाउन्डेसनले दुई देशबीच सांस्कृतिक, शैक्षिक र खेलकुदबीच सौहादपूर्ण सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: Jul 9, 2023

प्रतिक्रिया दिनुहोस्