Logo
२८ बैशाख २०८१, शुक्रबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा आज के हुन्छ ? नागरिकता ऐन विरुद्धको रिट सपना प्रधान र कुमार रेग्मीको इजलासमा

हिजो हेर्न नमिल्नेमा परेको नागरिकता ऐन विरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधिशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

कानूनविज्ञहरुका अनुसार उक्त प्रमाणिकरण प्रकृया नमिलेको भन्दै उक्त विधेयकलाई पुनः दुवै सदनबाट पास गरेर मात्र प्रमाणिकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश आउन सक्ने संभावना रहेको छ ।

हिजो न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्धाको पेशी परेपछि सुनुवाइ स्थगित गर्दै हेर्न नमिल्नेमा राखिएको थियो ।

यसअघि न्यायाधीश शर्माको इजलासले नै नागरिकता ऐन सम्बन्धि रिट निवेदनमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेकोले सोही न्यायाधिशको इजलासबाट मुद्दामा सुनुवाई हुन नसकेको हो ।

यसअघि जेठ २१ गते सर्वोच्चका न्यायाधीश शर्माको इजलासले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिको दुबै सदन (प्रतिनिधि र राष्ट्रिय सभा) ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्