Logo
१६ बैशाख २०८१, आईतबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी दुर्घटनामा मन्त्रीकी पत्नी र भाउजुको मृत्यु, ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

सुदूरपश्चिम प्रदेश स्थित मन्त्रीसहित सवार रहेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको छ ।

बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका हुन् ।

घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।

‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्