Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।

अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।

जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्