Logo
१५ बैशाख २०८१, शनिबार
(June 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नयाँ प्रोजेक्टको सम्झौता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नयाँ प्रोजेक्टको उद्घाटन गरेका छन् । १० सेप्टेम्बर २०१९ मा नै निर्माण सम्पन्न भई डिटेल पास भइसकेको उक्त पाइपलाइनबाट तीन वर्षमा २.८ मिलियन किलोलिटर पेट्रोलियम पदार्थ पम्प भएको छ । जसबाट ठूलो परिणाममा पेट्रोलियम ढुवानी खर्च बचत हुन पुगेको छ ।

दक्षिण एशियाली मुलकमा नै पहिलोपटक विस्तार भएको उक्त (मोतिहारी–अमलेखगञ्ज) नयाँ प्रोजेक्ट पेट्रोलियम पदार्थ भण्डारण क्षमता वृद्धिका लागि सम्झौता भएको हो । सो प्रोजेक्ट अन्तर्गत अमलेखगञ्जमा भारतको तर्फबाट १८३ करोड भारु लागतमा स्मार्ट पेट्रोलिय भण्डारण बन्ने छ । भण्डारण ८ हजार किलोलिटरको बन्नेछ ।
यसअघि पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको थियो । अब भने पेट्रोल पनि आयात हुनेछ ।

साथै उक्त प्रोजेक्टले अमलेखगञ्जदेखि चितवनको लेथलसम्म थप पाइपलाइन विस्तार गर्नेछ । यसको प्रधानमन्त्रीद्धय प्रचण्ड र मोदीले शिलान्यास समेत गरेका छन् ।

प्रकाशित मिति: Jun 1, 2023

प्रतिक्रिया दिनुहोस्