Logo
१५ बैशाख २०८१, शनिबार
(May 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीति बिग्रिए चुनावबाट सुधार्न सकिन्छ, संस्कृति बिग्रियो भने पुस्तौं लाग्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।

‘अहिले युट्युब हेर्न सकिँदैन । एकान्तमा जानु पर्ने हुन्छ । हामी सभ्य समाजमा छौं कि विकृतितर्फ भासिँदै गएको समाजमा छौं ? अचम्म लाग्दैछ । यही देशबाट सभ्यता र संस्कृतिको सुरुवात भयो, त्यो देश त्यो भूमिमा जसको पुर्खाले दुनियाँमा सभ्यता भन्ने चिजको सुरुवात गरे, संस्कृति भन्ने चिजको सुरुवात गरे, सामाजिक प्रबन्ध भन्ने चिजको सुरुवात गरे, उत्कृष्ट मानवीय भावनाहरुको सुरुवात गरे । अहिले दुनियाँमा कतै नभएको छाडापन यहीँ देखिएको छ,’ अध्यक्ष ओलीले भने ।

गत साता प्रतिनिधिसभामा पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा प्रश्न उठेपछि अध्यक्ष ओलीको शरीरभर सुनले भरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । बुधबारको कार्यक्रममा ओलीले उक्त तस्बिरप्रति लक्षित गर्दै नेपाली समाज गलत दिशामा उन्मुख भएको टिप्पणी गरेका थिए ।

समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘राजनीति बिग्रियो भने १-२ वटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ । अर्थतन्त्र बिग्रियो भने १-२ वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ । देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौंसम्म लाग्छ ।’

प्रकाशित मिति: May 31, 2023

प्रतिक्रिया दिनुहोस्