Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय संसद्‌को ‘मुरल’मा नेपाली भूमिको नाम रहेको कुरा सरकारको नोटिसमा छ : मन्त्री बस्नेत

ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि पनि रहेको भन्ने कुराको जानकारी नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको प्रविधि तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमिको नाम रहेको मुरल राखिएको सार्वजनिक भएको विषयमा चासो राखेका थिए । सो प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले सरकारको नोटिसमा उक्त कुरा रहेको बताएका हुन् ।

सांसद गैरेले सोधेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ । भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा पाँच मन्त्री सहभागी छन् । भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको ‘अखण्ड भारत’ नक्सा राखेको थियो । जसमा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको थियो ।

प्रकाशित मिति: May 30, 2023

प्रतिक्रिया दिनुहोस्