Logo
२८ बैशाख २०८१, शुक्रबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

राजनीतिक एवं मानवअधिकार अभियन्ता समेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् ।

अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्