Logo
६ जेष्ठ २०८१, आईतबार
(May 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भानु चोकमा रमेश महतोको सालिक राख्नुपर्छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् ।

आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए ।

‘मधेस आन्दोलन गरेका युवा तथा मधेसका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन्’, उनले भने -‘त्यसमा लोसपाको सहयोग रहने छ ।’

मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने बताउँदै उनले त्यसको विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए । साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले सोही सहमति अनुसार मधेस प्रदेशमा मधेस केन्द्रित दलले नेतृत्व गर्ने उनले बताए ।

मधेस सरकारको विषयमा सर्वपक्षीय परामर्शका लागि उपेन्द्र यादव पनि जनकपुर जाने कार्यक्रम रहेको छ । लोसपाका अध्यक्ष ठाकुर पुगिसकेका छन् ।

प्रकाशित मिति: May 11, 2023

प्रतिक्रिया दिनुहोस्