Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रमा देखिएको समस्याको कारण सङ्गठित रूपमा राजनीतिले गरिरहेको भ्रष्टाचार हो : रवि लामिछाने

सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसदमा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रूपमा रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यवहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताए।

उनले भने, ‘विगत केही वर्षका यिनै दस्ताबेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रूपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ। अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ। असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ? सधैँ एउटै कुरा गर्ने तर नतिजा फरक अपेक्षा गर्ने हाम्रो बानी हो कि, जनतालाई झुक्याउने खेल ? हामीले आशाका पुलिन्दा पस्किने हो कि, समाधान उन्मुख व्यवहारिक नीति बनाउने हो ?हाम्रो आफ्नै राजनीतिक बेथिति, विसङ्गति र सङ्गठित रूपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो । योजनाहरू समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशातीत प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैर कानुनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो। बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन।’

प्रकाशित मिति: May 8, 2023

प्रतिक्रिया दिनुहोस्