Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहको बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताइन् ।

उनले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताएकी हुन् ।

सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने उनको भनाई छ ।

प्रकाशित मिति: May 7, 2023

प्रतिक्रिया दिनुहोस्