Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार

नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर इनरुवा स्थित हनुमान चोकमा सोमवार विहान शिलान्यास गरिएको हो ।

कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै सोमवार उक्त शिलान्यास गराएका हुन् । उक्त कार्यालयका शुसिल श्रेष्ठले उक्त आयोजना क्षेत्र नम्बर ४ मा पनि जोडिएकाले कार्कीबाट शिलान्यास गराएको बताए ।

‘काम त देवानगंजबाटै सुरु हुन्छ शिलान्यास मात्रै यताबाट गरिएको हो’ निरिहता पुरर्वक उनले भने ‘हामि त कर्मचारी हौं, राजनीतिक नेतृत्वको इच्छा भएपछि हामि के नै गर्न सक्छौ र’ ।

श्रेष्ठका अनुसार बहुवर्षे अन्तरगतको उक्त योजनाको १५ किलोमिटर अहिले ठेक्का लागेको छ, जुन कार्य ३ वर्षमा पुरा गर्नुपर्ने छ । जम्मा ३२ करोडको उक्त कार्य गर्न ठेकेदारले यस आर्थिक वर्षमा रु ५ कारोड पाउनेछन् ।

समाचार श्रोतका अनुसार कार्की आफू काम गरेको देखाउन क्षेत्र नम्बर २ लाई बायकट गर्दै क्षेत्र नम्बर ४ मा औपचारिक कार्यक्रम गराएर शिलान्यास गराएका हुन् । जसकारण उक्त कार्यक्रममा क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुलाई बोलाइए पनि कोही पनि जनप्रतिनिधि उक्त शिलान्यास कार्यक्रममा उपस्थित भएनन् ।

देवानगंजको पालिका अध्यक्ष बेचन प्रसाद मेहता, पुर्व अध्यक्ष लालीप्रसाद मेहता सहित सुनसरी २ का प्रतिनिधिसभा सदस्य भीम आचार्य, पुर्व सांसद सिताराम मेहता, प्रदेश सांसद रामप्रसाद मेहता, पुर्व प्रदेश सांसद राजीव कोइराला लगायतले उक्त शिलान्यास कार्यक्रमको बहिस्कार गर्दै विरोध गरेका छन् ।

देवानगंज गाँउपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले यो शिलान्यासबाट गुडविलका लागि दलीय घृणित राजनीतिको नमूना प्रदर्शन भएको बताए । ‘आयोजन देवानगंजको हो, त्यसको जिरो पोइण्ट देवानगंज ६ राजगंज सिनुवारी हो तर शिलान्यास इनरुवामा गरिएको छ ।’ उनले भने ‘कार्कीजीको डिजाइनमा गरिएको यो घृणित राजनीति हो ।’

सुनसरी २ का पुर्व सांसद सिताराम मेहताले आयोजनाको नाममा लेखिएको कुरामै पनि खेलवाड भएको बताए । सिधा भाषामा लेखिएको छ देवानगंजदेखि इनरुवासम्मको बाटो तर शिलान्यास इनरुवामा गराईन्छ. यो त अत्ति होइन र ? उनले भने जवकी ‘त्यो योजनाको रेखाङ्गकन नै मैले गराएको थिए तर यहाँ त गुडविलको नाममा घृणित राजनीति भएको छ ।

दक्षिणीभेग अभियन्ता तथा देवानगंजका सचेत नागरिक अगुवा वीरेन्द्र केएमले यस शिलान्यासले देवानगंजको अपमान भएको बताएका छन् । ‘सुरुवाती स्थानमा शिलान्यास हुन्छ, अन्तिम पोइन्टमा समापन हुन्छ, शिलान्यास होइन’ उनले भने ‘सिडियो, जिसिस सभापति समेतको उपस्थितीमै यस्तो अनैतिक कार्य भएको छ, यो आपत्तीजनक हो । यसको म घोर भत्र्सना गर्दछु ।’

देवानगंज गाउँपालिकाको वडा नम्बर ६ अर्थात् रासीको चमैनिया पोखरीबाट सुरु भएको उक्त बाटो सोही पालिकाको इट्टाभाट्टा क्षेत्र हुँदै, गौतमपुर हुँदै, जल्पापुर ठूलो मदर्सा हुँदै, साबिक बबिया वडा ८ हुँदै, खत्वे टोल, यादव टोल, साहु टोल हुँदै, जयनारायण भुजा मिल हुँदै, रामजानकी मन्दिर हुँदै, कुसुम गाछी हुँदै हालको इनरुवा ६ मा रहेको शसस्त्र क्याम्प हुँदै हनुमान चौकबाट राजमार्गमा जेडिनेछ । यो पुरै एरिया सुनसरी २ हो र यसमा केहि मिटर मात्र सुनसरी ४ को क्षेत्र पर्छ । पुर्वाधार कार्यालयाका अनुसार यस बाटोको जिरो पोइन्ट देवानगंज ६ हो ।

यो बाटोको रेखाङ्गकन तत्कालीन संविधानसभा सदस्य सिताराम मेहता मार्फत भएको थियो । २०७२ सालमा मेहता भौतिक योजना राज्यमन्त्री भएपछि मन्त्रालयले उक्त बाटोको डिपिआर गराएको थियो । त्यसपछि उक्त योजना प्रदेश सरकार मातहतमा हस्तान्तरण भएको थियो । बहुबर्षे योजना अन्तरगत तत्कालिन प्रदेश सांसद राजीव कोइरालाको पहल यस आर्थिक वर्षबाट बजेट छुट्याईएको थियो ।

प्रकाशित मिति: May 1, 2023

प्रतिक्रिया दिनुहोस्