Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा एकै दिन १९९ नक्कली परीक्षार्थी पक्राउ

मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतमको टोली पुगेको छ ।’

प्रकाशित मिति: Apr 6, 2023

प्रतिक्रिया दिनुहोस्