Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद प्रभु साहको प्रश्न- तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ?

आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाए ।

भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले प्रश्न गरे– यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ ?

पूर्वमन्त्री रहेका साहले जनतालाई समात्ने अधिकार नरहेको अवस्थामा ४५ प्रतिशत कमिसन कसले खाइरहेको हो भन्दै यसबारे संसदलाई जानकारी गराउनु पर्ने  माग गरेको छ । उनले भने ४५ प्रतिशत कमिशन खाने तस्करीलाई छुट नभएको बताए ।

प्रकाशित मिति: Mar 26, 2023

प्रतिक्रिया दिनुहोस्