Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेतृत्वको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने चार दलको तयारी

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।

गत पुुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुुख्यमन्त्री लीला गिरीले माघ ५ विश्वासका मत पाएका थिए ।

सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । समर्थन फिर्तासँगै लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको छलफल सुरु हुुन थालेको छ । माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुुसार लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा रहेको बताए ।

एमाले र राप्रपा बाहेकका दलहरुबीच आन्तरिक छलफल समेत भइरहेको उनको भनाइ छ । उनले भने, ‘अब सरकारको कसको नेतृत्वमा जाने भन्ने बिषय टुुङ्ग्याउन मात्रै बाँकी छ । आज दलहरुले सरकारबाट बाहिरीने र कसको नेतृत्वमा नयाँ सरकारमा जाने बिषय टुुङ्ग्याउने छौं ।’

बिहीबार   (आज) नेपाली कांग्रेस, माओवादी केन्द्र , नागरिक उन्मुुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको छ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लीला गिरीले एमाले २९ , माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सासंदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदले मात्र साथ पाउने देखिन्छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेका कारण सरकार समर्थित दलहरुको तयारीले चाँडै पूर्णता पाउन नसकेको नागरिक उन्मुुक्ति पार्टीका प्रमुुख सचेत राजकुुमार चौधरीले बताए । उनले भने, ‘हाम्रो तयारी अलि पहिलेदेखि हो । तर माओवादी केन्द्रले पख्नुस् भन्दा अहिलेसम्म लम्बिएको हो । ’

माओवादी केन्द्रले सरकारभित्र रहेको दलहरु एकैसाथ बाहिरिने तयारीका साथ अन्य दलहरुलाई रोकेको उनले बताए । यसबारे निर्णय लिने आज दिउँसो माओवादी संसदीय दलको बैठक बस्दैछ ।

प्रकाशित मिति: Mar 23, 2023

प्रतिक्रिया दिनुहोस्