Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए । उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘सरकारमा जाने विषयमा निर्णय भएको छ । पार्टी सत्ता पक्षमा बसिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ । सरकारमा जाने र यसबारे वृहत् ढङ्गले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ । यसले नीति तथा कार्यक्रम राख्ने बारेमा पनि सोच्नेछ । सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रस्ताव दिनेछ ।’

उपमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढङ्गले जाने भन्ने बारेमा सचिवालयलाई प्रस्ताव दिने बताए ।

 

प्रकाशित मिति: Mar 21, 2023

प्रतिक्रिया दिनुहोस्