Logo
६ जेष्ठ २०८१, आईतबार
(March 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलालाई उपराष्ट्रपति बनाउनु पर्ने मागसहित परेको निवेदन दरपिठ

सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले मंगलबार दरपिठ गरिदिएको हो ।

३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।

रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको हो । अधिवक्ता खतिवडाले दरपिठ भएको जानकारी आए पनि आदेश नआएकाले कुरिरहेको बताइन् । उनले दरपिठ आदेशविरुद्ध निवेदन लिएर पुनः इजलामा जाने बताइन् ।

निर्वाचित भएछ भने पनि भोलि खारेज भएर पुनः निर्वाचनमा जानुपर्ने हुनसक्छ, त्यसैले म दरपिठविरुद्ध निवेदन लिएर जानेछु,” अधिवक्ता खतिवडाले भनिन्, “यो एउटा सामान्य विषय नभएर समग्र महिलाको प्रतिनिधित्वको अधिकारसँग जोडिएको विषय हो ।”

गत शनिबार १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादवलाई उमेदवार बनाएपछि राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंगको व्यक्ति हुनुपर्ने बहस उत्कर्षमा पुगेको थियो । त्यही कारण जसपाले विकल्प उमेदवारका रूपमा प्रमिला यादवको पनि उमेदवारी दर्ता गरेको थियो । तर, आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले संविधानले फरक लिंग वा समुदाय भनेर छुट दिएको भन्दै यादवको उमेदवारी कायम गरेपछि सोमबार अधिवक्ता खतिवडाले रिट दायर गरेकी हुन् ।

प्रकाशित मिति: Mar 14, 2023

प्रतिक्रिया दिनुहोस्