Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)

मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी छ । राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । ‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्