Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद् सचिवालयले स्तनपान कक्ष बनाउने

संघीय संसद् सचिवालयले महिला सांसदहरूको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्न लागेको छ । संघीय संसद् सचिवालय सिंहदरबार र संसद् भवन नयाँ बानेश्वरमा सो कक्ष बनाउन लागेको हो ।

साना बच्चा भएका महिला सांसदहरुलाई स्तनपान गराउन समस्या भएको बुझेपछि सिंहदरबार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

तातोपानी, बेड लगायतका सुविधायुक्त कक्ष बनाउनका लागि उपयुक्त कोठा छनौट गरेर तत्काल यो काम गर्न लागेको उनले बताए ।

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनुपरेको समस्या आएपछि सचिवालयले महिला सांसदका लागि यो सुविधा व्यवस्था गर्न लागेको हो ।

संसदमा भवन भवन बानेश्वरमा हुने बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदहरुले समस्या भोग्दै आएका थिए ।

प्रकाशित मिति: Feb 28, 2023

प्रतिक्रिया दिनुहोस्