Logo
१६ बैशाख २०८१, आईतबार
(February 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश जानका लागि सन्दीपलाई अनुमति, थुनामा राख्नु नपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको छ।

न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालले लामिछानेलाई थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको आदेश दिएको छ।

लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

नेपाल युएई र पुपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलाका नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीपको स्थानमा प्रतीश जिसीलाई समावेश गर्दै टोलीलाई युएई पठाईसकेको छ ।

नाबालिग बलात्कारको मुद्दामा पुर्वपक्षका लागि थुनामा रहेका सन्दीपलाई पुस अन्तिममा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्च अदालत पाटनको आदेशविद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। यसअघि उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि विदेश जान भने रोक लगाएको थियो।

प्रकाशित मिति: Feb 27, 2023

प्रतिक्रिया दिनुहोस्