Logo
१६ बैशाख २०८१, आईतबार
(February 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी मन्त्री खानले भने-‘खानेपानीमा राजनीतिक नगरौं’

संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आज सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए ।

खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ ।

मन्त्री खानले नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ,’ भने ।

राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्न आग्रह गरे ।

उनले खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफैं त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्न जाने  बताए ।

प्रकाशित मिति: Feb 27, 2023

प्रतिक्रिया दिनुहोस्