Logo
१६ बैशाख २०८१, आईतबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कटल्यान्डमाथि नेपालको लगातार दोस्रो जीत, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक

नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग -२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सानदार विजय हात पारेको हो ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्‍यो। नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो केवल दोस्रो पटक हो । लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो ।

कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो ।

कुशल र दीपेन्द्रले छैटौं विकेटमा १ सय रनको साझेदारीले नेपाललाई लक्ष्य पूरा गरेको हो । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरी ८१ रन बनाए ।

सन् २०२० मा अमेरिकाविरुद्ध आफ्नो डेब्युमा ५० रन बनाएयता कुशलको यो पहिलो अर्धशतक हो । उनले गुलशन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे । दीपेन्द्र ८५ रन बनाई अविजित रहे ।

उनले १ सय १६ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । गुलशनले २८ बलमा १ चौका प्रहार गरि २७ रन बनाए । दीपेन्द्रले सोमपालसँग आठौं विकेटमा ५५ रनको अविजित साझेदारी गरे । विजयी चौका प्रहार गरेका सोमपालले ३२ बल खेली ३ चौका प्रहार गरि २४ रन बनाए ।

प्रकाशित मिति: Feb 17, 2023

प्रतिक्रिया दिनुहोस्