Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए ।

उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।

प्रकाशित मिति: Jan 30, 2023

प्रतिक्रिया दिनुहोस्