Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशका मुद्दादेखि लिएर तराई–पहाड सबैलाई सम्बोधन गर्ने गरी हामी छलफल गर्छौं

किरण साह
प्रतिनिधिसभा सदस्य, नेकपा (एमाले)

० हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामलाई तपाइँ कसरी समीक्षा गर्नुहुन्छ ?
— संघ र प्रदेशको चुनावमा प्रगतिशील र समाजमा असल व्यक्तित्व, लोकतान्त्रिक आन्दोलनका अगाुवा नेता कार्यकर्ताहरु अहिले चुनाव जितेर आएका छन् । जनताले यस पालि नयाँपन खोजेको थियो । सोही अनुसार प्रगतिशील नेतृत्वहरुलाई जनताले जिताएर पठाएका छन् । खासगरी, मधेश प्रदेशमा हेर्ने हो भने जसपालाई ठूलै धक्कालागेको छ । आफ्नो एजेण्डाबाट विचलन भएकोले जसपा माह्रास आएको छ । हाम्रो नेकपा एमाले मधेश प्रदेशमा राम्रो उभारका साथ अगाडि बढिरहेको छ । चौतर्फी घेराबन्दीको बीचमा पनि एमालेले राम्रै स्थान पाएको छ । एमालेबाट मैले टिकट पाउने अवस्था हुँदाहुँदै पनि स्वतन्त्र रुपमा लड्नुप¥यो ।

० रौतहट २ मामुस्लिमको बाहुल्यता रहेको छ, तपाइँ कसरी जित्नुभयो त ?
— त्यहाँका मुस्लिम अभिभावक, दाजुभाईहरु विगतदेखि नै गुण्डाराज र तानाशाही प्रवृत्तिका कारण पीडित भएका थिए । कहीं न कहीं त्यहाँका जनता डर, भय र त्रासमा थिए । तर, म निरन्तर काम गरिरहेको थिएँ । मलाई मुस्लिम मात्रै होइन, सबै जातजाति, भाषाभाषीका आमजनताले मलाई सहयोग गरिरहनु भएको थियो । खासगरी, त्यहाँको दादागिरी, अराजकता, उदण्डता, हत्याहिंसा मच्चाउनेहरुलाई संघर्ष गरेर मैले तोड्न सफल भएँ ।

० हत्याहिंसा मच्चाउनेहरुलाई तोड्न कसरी सफल हुनुभयो ?

— अफताब आलमले मानव सभ्यतालाई बर्बाद गर्ने एकदमै ठूलो जुन नरसंहार भयो, जघन्य किसिमको अपराध भयो । त्यस्ता अपराधीहरु खुल्ला रुपमा घुमिरहेको अवस्था थियो । हामीले त्यस्ता अपराधिक क्रियाकलापको विरोध गरेकै थिएँ । कोही पनि उसको विरोधमा उभिने साहस गरेका थिएनन् । तर हामी निरन्तर विरोध गरिरहेको थिएँ । सोही अनुसार हामीले अफताब आलमलाई चिन्न सफल पनि भयौं । उसको हरेक अपराधिक गतिविधिको जवाफ दिइरहेको थिएँ । त्यसैले, मुस्लिम धर्मगुरुहरु लगायत असल अभिभावकहरु, बुद्धिजीबीहरुको साथ र सहयोग मैले पाएको हुँ ।

० अफताब आलमले रौतहट २ मा गुण्डागर्दी नै मचाएका थिए ?
— एकदम गरेकै थियो ।

० त्यसो भए तपाइँले रौतहट २ मात पाइँ पाँच वर्षभित्र के–के गर्ने योजना छ ?
— विकास, समृद्धि, सुशासन मेरो मूल एजेण्डा हो । मैले पहिला पनि भनेको छु कि मेरो क्षेत्र नेपालमै अत्यधिक पिछडिएको क्षेत्र हो । विकासको मामिलामा सडक, बाटो, कृषि, सिंचाइ लगायतका सबैलाई सुधार गर्नु पर्नेछ । खासगरी किसानलाई धेरै समस्या छन् । मैले आफ्नो प्रतिबद्धता पत्रमा भनेको छु कि खेत–खेतमा पानी पु¥याउँछु, सिंचाइको व्यवस्था गर्छु । मलखादको व्यवस्थापन गर्छु । त्यतिमात्रै होइन, हाम्रा जुन युवाहरु विदेश पलायन भइरहेका छन्, उनीहरुलाई स्वदेशमै रोजगार गर्ने । हामीसँग धेरै उद्योगी, व्यापारीहरु हुनुहुन्छ । उद्योगी ओम प्रकाश साहलाई भनेर मैले आफ्नो क्षेत्रमा एउटा उद्योग पनि खोल्न लगाएको छु । त्यहाँ मेरो क्षेत्रका ६ सय युवाहरु रोजगार पाउनु भएका छन् । आउने बैशाख देखि काम सुरु हुन्छ । शिक्षामा त्यहाँ आमूल परिवर्तन गर्नुपर्ने छ । छिट्टै नै रौतहटको निर्वाचन क्षेत्र नं। २ मा मैले प्राविधिक शिक्षाका एउटा विद्यालय खोल्न गइरहेको छु ।

० मलखाद नपाएर किसानहरु पीडामा छन्, यसबारे के योजना छ ?
— यसका लागि म सदनमा आवाज उठाउनेछु । कृषिको मल खादका लागि तुरुन्त सहुलियत हिसावले व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्छु । हामी सरकारमा भएकोले हाम्रो पनि कर्तव्य हुन्छ कि जसरी पनि रौतहटमा मात्रै होइन, देशभरि नै मलखालको व्यवस्थापन गर्नुपर्ने हाम्रो ध्येय रहेको छ ।

० चुनावका बेला तपाइँले गरेका वाचाहरु कतिको पूरा होला ?
— मैले जुन ९ वटा प्रतिबद्धता गरेको छु, ती सबै नै पूरा हुन्छ । पढाइ, कमाइ, दबाइ मेरो मुख्य एजेण्डा हो । अर्को सुशासन छ । त्यस्तै, सिंचाइको व्यवस्थापन गर्नुपर्ने । मेरो क्षेत्रमा दुई÷वटा ठाउँ छन् जहाँ बाढी प्रभावित रहेका छन् । बाढी प्रभावित क्षेत्रहरु कटानबाट कसरी जोगिन्छ, विपद व्यवस्थापनको बेलामा जुन समस्याहरु आउँछन् ती सबै समस्याहरु समाधान गर्ने मेरो एजेण्डामा छन् । शिक्षा, स्वास्थ्य लगायतका मेरो प्रतिबद्धता छन् । ती सबै मैले पूरा गर्छु । म जे बोल्छु, त्यो पूरा गर्छु ।

० शिक्षा, स्वास्थ्य र रोजगारीमा मधेश जहिले पनि पछाडि परेको हुन्छ, यसमा को चुकेका छन् ?
— यसमा नेता, यहाँका नेतृत्व पंक्ति चुकेका छन् । म पनि मधेशको एउटा सपूत हो, एउटा राम्रो काम गरेर देखाउन चाहन्छु । मैले क्षेत्र नं। २ का जनताको आवाज बुलन्दका साथ उठाउन, नीतिनिर्माण गर्ने ठाउँमा पुगेको छु । मधेशका मुद्दादेखि लिएर तराई–पहाड सबैलाई सम्बोधन गर्ने गरी हामी छलफल गर्छौं । अब मधेश पछाडि रहदैन । किन भने एमालेले मधेशमा राम्रो मत ल्याएको छ । एमालेलाई मधेशले सम्मान गरेको छ । एमालेले लगनशीलताका साथ मधेशका हरेक मुद्दालगायत विकसित बनाउन लाग्छ ।

० अहिले तराई–मधेशमा शीतलहर, बाक्लो हुस्सु र चिसोबाट जनताहरु पीडित छन्, यसका लागि तपाइँ के गर्दै हुनुहुन्छ ?
— हामीले जुन सरकारलाई समर्थन दिएका छौं, त्यो सरकारले चिसो र कठ्याङ्ग्रिएर कोही पनि नमरुन् भन्ने गृह मन्त्रालयले सूचना नै जारी गरेको छ । हामी व्यक्तिगत रुपमा केही पनि गर्न सक्दैनौं । त्यसका लागि सारकारको नीति तथा कार्यक्रममा हुनुपर्छ । जब सम्म राज्यको उपस्थिति हुँदैन, तबसम्म समस्या समाधान हुँदैन । यसका लागि सरकारले नीति कार्यक्रम ल्याइसकेको छ । सरकारले ठाउँ–ठाउँमा दाउरा बाँड्न पनि सुरु गरिसकेको छ ।

० तपाइँले संस्कृत भाषामा शपथ ग्रहण लिनुको कारण के होला ?
— नेपालबाट संस्कृत भाषा नै लोप हुने अवस्था छ । संस्कृतिमा विचलनता पनि आएका छन् । हाम्रो समाजमा देखिएका विग्रहहरुलाई कसरी ठिक ठाउँमा ल्याउन सकिन्छ, त्यतातिर हाम्रो ध्यान गएको छ । संस्कृतमा शपथ लिनुको कारण यो हो कि म एउटा मधेशको मधेशीका छोरा हुँ । मैले आफ्नो मातृभाषामा शपथ लिएको भए एउटा प्रदेशको एउटा कुना काप्चाको सम्बोधन हुन्थ्यो । तर, मैले सोचें कितीन करोड नेपालीको कसरी सम्बोधन हुन्छ र सबै भाषाभाषी, जातजातिको कसरी सम्बोधन हुन्छ, त्यो हिसावले मेरो विचार आयो । सबै भाषाको जननी भएकोले मैले संस्कृतमा शपथ लिएँ । संस्कृत विचलनता कहीं न कहीं आएको छ । म एउटा सांसद भएर संस्कृतमा शपथ लिएकोले राष्ट्रिय÷अन्तराष्ट्रियस्तरमा धेरै सम्मान पनि भएको छ । यसको रहस्य पनि अझै धेरै छन्, जुन म अहिले खोल्दिँन । विस्तारै–विस्तारै रोष्ट्रमबाट खोल्दै जानेछु ।

० स्वतन्त्र उम्मेद्वार जिताउ अभियानबाट तपाइँ चुनाव जित्नुभयो, तर त्यसप्रति तपाइँको असन्तुष्टि किन रह्यो ?
— हामीले स्वतन्त्र उम्मेद्वारी दिइ सकेपछि स्वतन्त्र उम्मेद्वार जिताउ अभियान प्रभु साहजीको संयोजकत्वमा सुरु भयो । तर उहाँमा स्थिरता भएन । त्यो अभियान सुरु गरिसकेपछि उहाँ काठमाडौं आउनुभयो र पुष्पकमलदाहालजीसँग भेट गर्नुभयो र एउटा प्रेस विज्ञप्ति निकाल्न लगाउनुभयो कि गठबन्धनको आधिकारिक उम्मेद्वार प्रभु साह हुन भनेर । त्यसको दुई दिनपछि फेरि अर्को विज्ञप्ति आयो कि माओवादीका जो उम्मेद्वार थिए धिरज पटेललाई साधारण सदस्य नरहने गरी माओवादीबाट कारबाही गरिएको छ । हाम्रो प्रभुजीले हामीलाई बीचमै छोडेर हामीलाई निष्क्रिय बनाउनु भयो । उहाँले आफ्नो हिसावले पार्टी खोल्नु भएको छ ।

० प्रभु साहले भन्दै हुनु हुन्थ्यो मेरै कारणले किरण साह चुनाव जित्नु भयो । के यो सत्य हो ?
— उहाँले यस्तो भन्नु भएको छ भने उहाँलाई सोध्नुस् किता गत थियो भने सियाराम कुशवाहालाई किन जिताउनु भएन । विजययादवलाई किन जिताउनु भएन । कुन्दन कुशवाहालाई किन जिताउनु भएन । दम थियो भने जिताउनु पर्दथ्यो नि ।

० प्रभु साहले आमजनता पार्टी खोल्नु भएको छ, यसलाई कसरी लिनु भएको छ ?
— उहाँले खोल्नु भएको छ, के का लागि खोल्नु भएको छ, उहाँसँगै सोध्नुस् ।

० त्यो पार्टीमा तपाइँलाई पनि राख्नु भएको छ नि ?
— मसँग कुनै छलफल नै नगरिकन राखेर हुन्छ रु म सँग कुनै सल्लाह सुझाव गर्नुभएको छैन ।

० एमालेले तपाइँलाई मन्त्री पद दिने भएपछि पार्टी प्रवेश गर्नु भएको भन्ने चर्चा छ नि ?
— यो सबै गलत कुराहरु हो । मलाई पार्टी अध्यक्षजीले भन्नुभयो कि तपाइँ एक्लै भएर के गर्नुहुन्छ, तपाइँ आउनुस्, तपाइँका मागहरु सम्बोधन हुन्छ ।

० प्रभु साहलाई डाउन गर्न तपाइँ सहरी विकासमन्त्री बन्नुहुन्छ भन्ने चर्चा छ त ?

— कसैलाई डाउन गरेर मलाई नेता बन्नु छैन । म त आफ्नो एजेण्डामा काम गर्दै जाने हो । सबै आ आफ्नो योग्यता र क्षमताले बन्ने हो । मलाई समयले साथ दियो भने बनौंला । नबने पनि मलाई कुनै दुःखेसो पोख्नु छैन । पार्टीले मेरो मूल्यांकन गरेर दियो भने ठिक, नदिए पनि ठिक ।

० अब तपाइँ एमालेमै बस्नुहुन्छ ?
— म त पार्टी प्रवेश गरिसकेको छु । अब एमालेमै बस्ने हो । एमालेका नेताहरुसँग मेरो विचार मिलिरहेकै छ ।

० अन्तमा तपाइँका क्षेत्रवासीवा देशवासीलाई थप केही भन्नुहुन्छ ?
— म सम्पूर्ण देशवासीलाई भन्न चाहन्छु कि परम्परागत देखि सनातन रितिरिवाजलाई हामी संरक्षण गर्दै अगाडि बढ्नुपर्छ । जुन आशा, भरोसाका साथ मैले संस्कृतमा शपथ लिएँ, जुन आशा, भरोसाका साथ तीन करोड नेपाली दाजुभाईले सम्मान गर्नुभयो, उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
(नेपालीपनका लागि सम्पादक सुनिलकुमार साहले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्