Logo
२९ बैशाख २०८१, शनिबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् ।

संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताए ।

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ ।

देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताए ।

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्