Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा बैठक बसेर निर्णय गछौँ : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबार बिहान बैठक बसरेर निर्णय गर्ने बताए ।  खनालले मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।

‘प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गरेका छैनौं । मंगलबार बिहान सचिवालय बैठक बोलाएका छौँ । बैठकबाटै निर्णय हुनेछ’  खनालले भने, ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक छौँ । आधिकारिक रुपमा सचिवालय बैठकबाट निर्णय हुनेछ ।’

सबै परिस्थितिको विश्लेषण गरेर प्रधानमन्त्रीलाई विश्वासको मत÷नदिने निर्णय हुने खनालले बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसै दिन बिहान मात्रै एकीकृत समाजवादीले विश्वासको मत दिने नदिने निर्णय गर्ने भएको छ ।

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्