Logo
२९ बैशाख २०८१, शनिबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदल बैठक

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ । अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने एक नेताले बताए ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिंदैछन् ।

यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए । तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्