Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकोटको बार्दलीमा ओली र प्रचण्ड, दुबैले गरे अभिवादन !

एमाले अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्ड ओली निवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन् ।

ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गरेका हुन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय गएका छन् ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्