Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सरकार गठनबारे कुरा नमिलेपछि प्रचण्ड, माधव र झलनाथ बालुवाटारबाट बाहिरिए

सम्भावित सरकारको नेतृत्वबारे कुरा नमिलेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।

केही समयअघि देखि नै सत्तारुढ गठबन्धन दलका नेताद्वय देउवा र प्रचण्ड सरकार गठनको विषयमा सघन छलफलमा थिए । यसैबीच एकीकृत समाजवादी अध्यक्ष नेपाल र सम्मानित खनाल बालुवाटर पुगेका थिए ।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि उनीहरु बाहिरिएका हुन् ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्