Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटमा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताइन् ।

उनले भनिन्– ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ।’ राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताए ।

सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा उनले जोड दिइन् । यसमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने उनले बताइन् ।

उनले अहिलेको प्रविधिको विकासले अवसर मात्र होइन चुनौती पनि थपेको बताउँदै सूचनाको हक लोकतन्त्रमा अनिवार्य रहेको बताइन् । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

उनले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन रु यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन रु समाजमा कतै विकृति फैलाउँदै त छैन रु’ उनले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: Dec 23, 2022

प्रतिक्रिया दिनुहोस्