Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्गेजमेन्ट टुटेपछि केटाको घरमै पुगेर केटिले गरिन आत्मदाह

दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले १८ मङ्सिरमा केटाको घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । शिक्षण अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार उनले ज्यान गुमाइन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएकी पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुधनलाई पक्राउ गरेको छ । सुधनविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरीले सुधन सहित उनको परिवारका थप ३ जनालाई पक्राउ गरे पनि अदालतले अरूलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको छ ।

घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । पुष्पाको सोमबार बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्