Logo
१३ बैशाख २०८१, बिहीबार
(December 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिसोर्टको कोठामा मृत भेटिए वरिष्ठ पत्रकार शिवहरी भट्टराई

वरिष्ठ पत्रकार शिवहरी भट्टराई एक रिसोर्टमा मृत फेला परेका छन् ।

मधेस प्रदेश स्थित मिडिया काउन्सिलका अध्यक्ष समेत रहेका भट्टराईको शव आज बिहान भेटिएको हो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन पुगेका उहाँ लालबन्दी १३ पत्थरकोटा स्थित होलिडे रिसोर्टमा बसेका थिए ।

राति खान खाएर सुतेका उनलाई शनिबार बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामा मृत भेटिएका हुन् ।

उनाको शव भेटिएको कोठामा उनले वान्ता गरेका देखिन्छ भने उनकाे हातमा र काेठामा औषधी भेटिएकाे प्रहरीले जनाएकाे छ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत हुन् ।

घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: Dec 3, 2022

प्रतिक्रिया दिनुहोस्