Logo
२३ बैशाख २०८१, आईतबार
(November 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नुपर्छ : बालेन्द्र साह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताउनुभएको छ । कामपा –१२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको शुक्रबार अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

नमुना विद्यालयहरूले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि सञ्चालन गरेका कार्यक्रमको नतिजा जानकारी लिन उहाँले विद्यालयको अवलोकन गर्नुभएको हो ।‘पाठ्यक्रम र पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापहरूमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इन्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ । यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ’ – प्रमुख शाहले भन्नुभयो ।

खेलकुदका लागि स्थान नभएका विद्यालयले नजिक रहेका सार्वजनिक स्थलहरूलाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा नक्साङ्कन भइरहेको जानकारी दिंदै मेयर साहले भन्नुभयो– ‘यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै, शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ ।’अवलोकनका क्रममा उहाँले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव (स्टिम क्लब) का विद्यार्थीहरूले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गर्नुभएको थियो ।

अवलोकनको क्रममा भूकम्प अलार्म, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, ऊर्जाको उत्पादन प्रयोग र प्रविधि प्रयोगमा रूपान्तरण, केवल कारलगायत प्रविधि, पिन बललगायतका खेल प्रविधि प्रदर्शन गरिएको थियो । विद्यार्थीहरूले मेयर साहको भ्रमणले आफूहरूलाई हौसला मिलेको प्रतिक्रिया दिएका थिए । अवलोकनका क्रममा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले भन्नुभयो– ‘नमुना विद्यालयमा नमुना कार्यक्रम सञ्चालन गर्न विद्यालय नेतृत्वको ठूलो भूमिका रहन्छ ।

उहाँले शिक्षकहरूको क्षमता विकासका लागि तालिमकर्ताहरूलाई सामुदायिक विद्यालयमा ल्याउने र विद्यालयको अवस्थिति र आवश्यकताका आधारमा तालिम उपलब्ध गराउने क्रियाकलाप सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।विद्यालयका प्रधानाध्यापक रविना महर्जनले प्राथमिक शिक्षाका लागि शैक्षिक योग्यता भएका शिक्षकहरूलाई विश्वविद्यालय नसकिने भएकोले विश्वविद्यालयलाई विद्यालयमा ल्याएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राख्नुभयो । ३ आना ३ पैसा जमिनमा बनेको ५ तले यो विद्यालयमा १८ वटा कोठामा कक्षा छ । विद्यालयमा स्टिम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, ९डिजास्टर रिक्स रिडक्सन० डीआरआर क्लव, ईको क्लव र बाल क्लव सञ्चालनमा छन् ।

प्रकाशित मिति: Nov 13, 2022

प्रतिक्रिया दिनुहोस्